२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इमर्जिङ्ग नेपाललेमाघ २६ गतेदेखि आईपीओ जारी गर्ने

इमर्जिङ्ग नेपाललेमाघ २६ गतेदेखि आईपीओ जारी गर्ने

2.8K
Shares

काठमाडौं – आगामी माघ २६ गतेदेखि इमर्जिङ्ग नेपालले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । र, बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने छ ।
माघ २६ गतेदेखि छिटोमा फागुन १ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । उनीहरुले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

उक्त आईपीओ जारी गर्न इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको बुझाउँछ । हाल ५० करोड ४० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ पश्चात ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij