२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते

बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते

2.7K
Shares

काठमाडौं – बर्दियाको बाँसगढी नगरपालिका–३ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करिब सवा ३ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ मिटर तल पल्टिएको थियो । घाइतेमध्ये कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी–७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर छ । दुवैजनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पठाइएको छ ।

सामान्य घाइते भएका ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पतालमा पठाइएको जनाइएको छ । बस चालक इलाका प्रहरी कार्यालय मोतीपुरको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij