२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोर्खाज फाइनान्सको सिईओमा सन्तोष घिमिरे नियुक्त

गोर्खाज फाइनान्सको सिईओमा सन्तोष घिमिरे नियुक्त

2.4K
Shares

काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई मंगलबार बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।

कम्पनीका सिइओ लालबावु थिङले पदबाट राजिनामा दिएपछि उक्त पदमा घिमिरे नियुक्त भएका हुन् । घिमिरेले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । यसअघि घिमिरे सोहि फाइनान्स कम्पनीको डिपुटी सिईओकोरुपमा एक वर्षअघि देखि कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij