काठमाडौं – बीमा समितिले एकै पटक ११ कम्पनीलाई कारबाही गरेको छ । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको जनाएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक वर्ष सकिएको १० महिनाभित्र बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण १० हजार रुपैयाँका दरले कारबाही गरिएको जानकारी दिए । आर्थिक वर्ष २०७६र७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको हो ।
कार्यकारी निर्देशक पौडेलका अनुसार दी ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कारबाहीमा परेका छन् ।
यसैगरी आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कारबाहीमा परेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij