२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

925
Shares

काठमाडौं – नेपाल आयल निगममा खालि भएको पदमा कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सुरेन्द्र पौडेलको कार्यकाल सकिएपछि पद खाली भएपछि उद्याग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आवेदन दिन भन्दै विज्ञापन प्रकाशित गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।

आयत निगमको कार्यकारी निर्देशक पदका लागि श्री चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारजीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा. डा. लक्ष्मण पौडेल, लोकबहादुर पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चितरञ्जन दास, रामदेव यादवले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij