नुवाकोट – नुवाकोट शिवपुरी – ६ मा समुन्द्रा देवीमा सामुदायिक स्वास्थ्य निरुपण सर्वेक्षण कार्यक्रम २०७८ अन्र्तगत सुक्ष्म स्वास्थ्य परियोजना सम्पन्न भएको छ । काठमाडौंको महाराजगञ्जमा रहेको यति हेल्थ साइन्स एकेडेमीका व्याच्लर अफ पब्लिक हेल्थका पाचौं सेमेस्टरका विद्यार्थीले नुवाकोट शिवपुरी ६ मा उक्त कार्यक्रम सम्पन्न गरेका हुन ।
वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा कोभिड १९ मा बच्ने उपाय, आइसुलेशनमा बस्दा ध्यान दिनु पर्ने कुराहरुको विद्यार्थीले स्थानियलाई जानकारी दिएका थिए ।

वडा अध्यक्ष लालबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चेतना मुलक सडक नाटक लगाएतको सांस्कृतिक कार्यक्रम भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij