२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा हट्यो जोर-बिजोर प्रणाली

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा हट्यो जोर-बिजोर प्रणाली

1.5K
Shares

काठमाडौं – काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणालीलाई हटाएको छ। उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२ बजेदेखि नै यो आदेश लागु हुनेछ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने लागु गरिने बताए।

‘सार्वजनिक सवारी साधनमा हट्यो। निजी र ट्याक्सीमा बाँकी छ,’ उनले भने,‘अहिले संक्रमणको दर घटिरहेको अवस्था पनि छ। नागरिकहरूको केही गुनासो पनि भएको हुनाले हामीले यस्तो निर्णय गरेका हौं।’

यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए। शुक्रबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले पनि सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो। त्यसैअनुसार उपत्यकामा सो नियम लागु गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij