२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

675
Shares

काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजिनक निष्काशन (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले आईपीओ निष्काशनको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त नियुक्ति सम्बन्धी सम्झौता-पत्रमा अभियान लघुवित्त वित्तीय संस्थातर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

हाल संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ, जारी पुँजी २५ करोड रुपैयाँ, र चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ बाँडफाँड पछि संस्थाको चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनेछ । गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६-६-१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालय मार्फत २४ हजार ८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी २४ करोड ६२ लाख रुपैयाँ बचत संकलन तथा १ अर्ब ९९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij