२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाली सेनाका दुई उपरथीको पदावधि थप

नेपाली सेनाका दुई उपरथीको पदावधि थप

1.3K
Shares

काठमाडौ‌ – नेपाली सेनाका दुई जना उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको पदावधि थप भएको छ । तीन वर्ष पदावधि सकिन लागेका बेला प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसमा खड्का र पाण्डेको दुई वर्ष पदावधि थप भएको हो ।

मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले उपरथीद्वय खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सैनिक नेतृत्वले आफूप्रति पूर्वाग्रह राखेर म्याद थपका लागि सिफारिस नगरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका उपरथी अनन्त कार्कीले अवकाश पाउने भएका छन्
आफूलाई छुटाएर आफूभन्दा कनिष्ठ दुई उपरथीको पदावधि थपका लागि सिफारिस गरिएको भन्दै उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीसमक्ष उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij