२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आयल निगमको निमित्त प्रमुखमा सुशील भट्टराई

आयल निगमको निमित्त प्रमुखमा सुशील भट्टराई

855
Shares

काठमाडौं – नेपाल आयल निगमको निम्ति प्रमुखको जिम्मेवारी इन्जिनियर सुशील भट्टराईले पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार इन्जिनियर भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
मन्त्रालयले निगमको प्रमुख कार्यकारी निर्देशकको नियुक्त नहुँदासम्मका लागि भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । हालका निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक समेत रहेका भट्टराईलाई दैनिक कामकाजको सहजताका लागि मन्त्रालयले निमित्तको जिम्मेवारी दिइएको हो । निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल आफ्नो कार्यकाल पूरा गरि गत पुस २३ गते विदा भएका छन् । पौडेलको कार्यकाल सकिएसँगै अहिले निगमको उक्त पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij