२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

1.6K
Shares

काठमाडौं – आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । समायोजन पश्चात पनि भारतभन्दा नेपालमा नै मूल्य सस्तो भएको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा निगमलाई पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा ८.८१ र ग्याँसमा ६४६.१६ रुपैयाँ घाटा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij