काठमाडौँ- गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘झम्के साँझैमा’ बोलको लोक तथा दोहोरि गीतमा अमृत खातीको शब्द रचना तथा संगीत रहेको छ। कमल सौरागको संगीत संयोजन रहेको गीत नाचौं नाचौं लाग्ने खालको बनेको छ। लोक दोहोरि गीत सुन्ने र हेर्ने दर्शकको लागी यो गीतले भरपुर मनोरंजन दिनेछ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारी फिचर्ड छन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
https://youtu.be/2PH38L9kdBg
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij