२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार तारा अधिकारीको मनैभरी सार्वजनिक

गीतकार तारा अधिकारीको मनैभरी सार्वजनिक

2.2K
Shares

 

काठमाडौं –  गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत मनैभरीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक जंगमको संगीत र अजर जंगमको स्वर छ । किरण कँडेलको संगीत संयोजन रहेको गीत प्रज्ञा साउन्ड रेकर्डिङ स्टुडियोमा शम्भु तण्डुकारले रेकर्डिङ, मिक्सिङ गरेका हुन् ।

शान थापाले निर्देशनको गरेको भिडियोमा संगीतकार दीपक जंगम, गीतकार तारा अधिकारी र गायक अजर जंगम फिचरिङ छन् ।

भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छाँयांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । शान थापाले निर्देशनको गरेको तारा अधिकारीको म्युजिक भिडियोहरु मध्ये यो अलि फरक शैलीले निर्माण गरिएको छ ।

गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij