काठमाडौं – दराज नेपालले आँचल कुँवरलाई प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ। उनी दराज नेपालको प्रबन्ध निर्देशक हुने पहिलो महिला हुन्। दराजका प्रमुख कार्यकारी अधिकृत बियार्के मिक्केलसेनले सामाजिक सञ्जाल लिङ्कडिनमार्फत उक्त घोषणा गरेका हुन्।
‘नेपाली जनताका लागि विश्व-स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने दराज नेपालको समूह नेतृत्व गर्ने यो अवसरको लागि म सम्मानित महसुस गर्छु,’ नव-नियुक्त प्रबन्ध निर्देशक आँचलले भनेकी छन्। उनले योसँगै कम्पनीले ग्राहक सेवा विस्तारमा थप सचेत भइ काम गर्ने बताइन्।
नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए, मिनेसोटामास्थित सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट गणित र अर्थशास्त्रमा स्नातक सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकी छन्। यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन्, जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग पुर्याइन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij