२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सम्झौता

1.1K
Shares

काठमाडौं– नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको छ।

उक्त सम्झौता पत्रमा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले हस्ताक्षर गरेका छन्। अब युवा उद्यमी मञ्चमा आवद्ध सदस्य उद्यमीहरूले यती एअरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा यती मोबाइल एप अथवा सदस्य कार्डमार्फत् सहुलियत पाउने भएका छन्।

कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोजले समृद्ध मुलुक निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एअरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताएका छन्।
सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७ सयभन्दा बढी सक्रिय युवा उद्यमीहरू आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij