२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बरुण हाइड्रोपावरको साधारण सभा माघ १२ गते हुने

बरुण हाइड्रोपावरको साधारण सभा माघ १२ गते हुने

805
Shares

काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको यस अघि स्थगित १८औं वार्षिक साधारण सभा माघ १२ गते हुने भएको छ । यस अघि कम्पनीले पुस २९ गतेको लागि तय गरेको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई निरन्तरता दिने निर्णय गर्नेछ ।

पुस २९ गतेको साधारण सभाका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियोे । सोही बुक क्लोजको आधारमा सभामा सहभागीता जनाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij