२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

735
Shares

काठमाडौं – नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा हुनुभएका २४ प्रहरी अधिकृतमध्ये आज २२ प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतीसँगै जिम्मेवारी थपिएको भन्दै इमान्दार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गरे। उनले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

समाजमा हुनसक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उनको भनाइ थियो । पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई सङ्गठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र इमान्दारीसाथ खटिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij