२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुपान्तरण

रुपान्तरण

1.2K
Shares

हिँड्दा हिँड्दै
तिम्रो कल्पनाको क्यानभासमा हिमाल भएर अग्लिरहेकी थिएँ
सर्वोच्चताको सीमान्त छोएर
धेरै बेरसम्म अग्लिरहन कठिन हुँदोरहेछ कि ..
तिम्रै कूचीको प्रेमील स्पर्शले पग्लिएर झरना बनेँ ।

झर्दा झर्दै आफूलाई..
उड्दै गरेकी पुतली सम्झिएँ
कहिले लजाएर गुलाबी फक्रिदिएँ ।

झरेर गन्तव्यसम्म पुग्नु त धर्म थियो
तर कुन मोहले अल्झाएर हो कुन्नि ?
बग्दा बग्दैका पाइलाहरु किनारा भै त्यतै थामिए ।

पर्खनु नै ‌नशा बनेपछि
हृदयभरिको सारा उतारचढावको रुपान्तरणमा
ईश्वरसँग आफूलाई बगर बनाई मागेँ
रहलपहल घाऊका अवशेषहरु छातीमै सजाएर पल्टिरहेँ
एक जोर तिम्रा पैताला यतैबाट गुज्रिनेछन् लागेर ।

कुनैदिन तिम्रो प्रेममा नपरेको हुँदो हुँ त
जीवनका यति धेरै आयामहरुको स्वाद कहाँ भेट्थेँ म ?

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij