२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकको कर्पोरेट कार्यालयमा क्यूआर टेलर सेवा

कृषि विकास बैंकको कर्पोरेट कार्यालयमा क्यूआर टेलर सेवा

715
Shares

काठमाडौं – कृषि विकास बैंकबाट क्यूआर टेलर सुरुवात भएको छ । बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुखकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा क्यूआर टेलरबाट कारोबार शुरुवात गरेका छन् ।

उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखज्यूहरु अजयकुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा, सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका बरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकको मोवाइल र्बैकिग सेवा लिएकाग्राहकहरुले चेक बिनानै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने सेवाको शुभारम्भसँगै ग्राहकहलाई थप डिजिटल सेवाप्राप्त गर्ने अवसर मिलेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij