काठमाडौं– साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ३८ अंकले पुगेको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ ।
सबैभन्दा धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ४५८ रुपैयाँ ८० पैसा पुगेको छ । दोस्रोमा सनराइज ब्लुचिपको शेयर मूल्य ८.३३ प्रतिशतले बढेर ९ रुपैयाँ ८८ पैसा पुगेको छ भने सिंगटी हाइड्रोको ८.१९ प्रतिशतले बढेर ४८९ रुपैयाँ पुगेको छ ।
यसैगरी सीईडीबी हाइड्रोपावरको ८.०१ प्रतिशतले बढेर ९७२ रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ७.७८ प्रतिशतले बढेर ७२० रुपैयाँ, सामलिङ पावरको ७.०४ प्रतिशतले बढेर ५९३ रुपैयाँ, नेपाल एसबीआईको ६.०२ प्रतिशतले बढेर ४०५ रुपैयाँ, हिमालयन उर्जा विकासको ५.९५ प्रतिशतले बढेर ५४४.६० रुपैयाँ, अरुणभ्याली हाइड्रोपावरको ५.८९ प्रतिशतले बढेर ५७१.३० रुपैयाँ र लिवर्टी इनर्जीको ५.२६ प्रतिशतले बढेर ३९६ रुपैयाँमा पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij