२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

एनआइसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

1.5K
Shares

काठमाडौं–  एनआइसी एशिया र वर्ल्ड रेमिटबीच आइतबार सम्झौता भएको छ। उक्त सम्झौता पछि अब मलेसियाबाट पनि नेपालमा सजिलै रकम पठाउन सकिने भएकाे छ।

विश्वका ५० भन्दा बढी मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रेमिट रकम पठाउन सकिने गरी बैंक र वर्ल्ड रेमिटबीच अगावै साझेदारी थियो। आइतबार भएको सम्झौतापछि भने मलेसियाबाट पठाएको नगद देशभरका रेमिट्यान्स एजेन्टबाट पाउन सकिने भएको हो।

साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्यान्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुरलगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी नेपालमा रहेका आफन्तलाई सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ।

नेपालले वर्ल्ड रेमिट एप अथवा वेबसाइट लग-इग गरी आवश्यक विवरण भरेर नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिने कम्पनीले बताएकाे छ।

एनआइसी एशिया बैंकले देशभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij