२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्वारा जनकपुरमा आफ्नै भवनबाट बैंकिंङ्गसेवा संञ्चालन

सिटिजन्स बैंकद्वारा जनकपुरमा आफ्नै भवनबाट बैंकिंङ्गसेवा संञ्चालन

930
Shares

काठमाडौं – नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिंङ्ग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यापती चोक ,जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन संचालनमा ल्याएको छ । आज मिति २०७८ माघ ,०३ गते उक्त भवनमा पूजा पाठ गरी बैकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल ज्यूले उद्घाटन गर्नुभई बैंकिङ्ग कारोवार संञ्चालन गरिएको छ ।

करिव ३७६७ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । हाल धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा संचालनमा रहेको विद्यापती चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्त्ररण भएको छ ।

सुविधा सम्पन्न यस शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको छ । साथै यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र वेथड्रसेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij