२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिने, सेयर स्वाप अनुपात १००ः४३

नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिने, सेयर स्वाप अनुपात १००ः४३

1.2K
Shares

काठमाडौं – नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम पौष २९ गते सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए । सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंक का सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाको , सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटि बनेको थियो ।

नबिल बैंकले बंलादेश बैंकलाई खरिद गर्दा बंगलादेश बैंकको १०० कित्ता सेयर भएका सेयरधनीले नबिल बैंकको ४३ कित्ता पाउने गरी सहमति भएको छ । एक्विजिसनपछि नबिल बैंकको नाममा नै एकीकृत कारोबार हुने भएको छ ।उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुने जनाएको छ ।

दुबै बैकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरु को दिर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन । ब्राण्ड का हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंक लाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंक हरुमा सबै सुचकांक हरुमा अग्रणी हुने विश्वास छ ।

बैकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन । नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पुँजी ४३ अर्ब तथा चुक्ता पुँजी २२ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । यस्तै कर्जा रकम ३ खर्ब अरब, निक्षेप रकम ३ खर्ब १४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० खर्ब माथी हुनेछ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन भने ग्राहक संख्या १६ लाख माथी हुनेछ । नबिल बैंक ले दिगो बैकिङ्ग लाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यावसाय लाई अघी बढाएको छ भने डिजीटल बैकिङ लाई समेत ग्राहकको आवश्यकता अनुरूप अघी बढाउदै लिएको छ ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै बैंकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij