२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजार ५४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सेयर बजार ५४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

2.1K
Shares

काठमाडौं– साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक उत्साहजनक रूपमा बढेर बन्द भएको हो । यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । हिजो बुधबार ८ अर्ब तीन करोड रुपैयाँको कारोबार भएको थियो ।

आज ५४ अंकले बढेसँगै नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा हिजो बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसबाहेक अन्य दिन नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।

परिसूचकमा उल्लेख्य सुधार आउँदा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । मध्यभोटेकोसी, माउन्टेन हाइड्रो नेपाल, कणाली विकास बैंक र शिव श्री हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको हो । यसैगरी, आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज तामाकोसीको ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसपछि अपि पावरको सेयर २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij