२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाल गायिका सफलता श्रेष्ठले जितिन अवार्ड

बाल गायिका सफलता श्रेष्ठले जितिन अवार्ड

1.5K
Shares

काठमाडौं – ११ वर्षीया बाल गायिका सफलता श्रेष्ठको स्वर रहेको ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीतले अवार्ड जित्न सफल भएको छ । मंगलबार राजधानीमा सम्पन्न विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा ‘दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८’ अवार्ड आफ्नो पक्षमा पार्न बाल गायिका सफलता श्रेष्ठ सफल भएकी हुन् । सन्तोष श्रेष्ठको शब्द सृजना र संगीत रहेको ‘म हुँ नेपाली’ सफलताको स्वर रहेको गीत केही समय पहिले सार्वजनिक भएको थियो । ‘म हुँ नेपाली’ सफलता श्रेष्ठको पहिलो गीत हो भने सो गीतको भिडियोमा उनको अभिनय समेत रहेको छ । विश्वकीर्तिमानी गायक तथा संगीतकार सन्तोष श्रेष्ठकी छोरी हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij