२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चौधरी ग्रुपलाई नेपाल बंगलादेश बैंकको शेयर बिक्री नगर्न अदालतको आदेश

चौधरी ग्रुपलाई नेपाल बंगलादेश बैंकको शेयर बिक्री नगर्न अदालतको आदेश

2.2K
Shares

काठमाडौं – काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ । बंगलादेश बैंकमा आइएफआइसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत सस्थापक शेयर चौधरी ग्रुपलाई विक्री गर्ने प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलासले आदेश गरेको हो ।

सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यवसायी मोतीलाल दुगडले बंगलादेश बैंकले आफूलाई बेच्ने सहमति गरेर पनि पुन: चौधरी ग्रुपलाई शेयर बेच्न लागेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । दुगडले दायर गरेको मुद्दामा मंगलबार बहस सकिए बुधबार फैसलाको पूर्णपाठ जारी गर्दै उक्त शेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनेर अदालतले आदेश दिएको छ । उक्त मुद्दा उच्च अदालत पाटनमा समेत दायर भएको छ ।

आइएफआइसीको स्वामित्वमा रहेको ४१ प्रतिशत शेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरिद गर्न लागेको थियो । विनोद चोधरीकी श्रीमती सारिका चौधरीको नाममा शेयर खरीद गर्न आइएफआइसीले सम्झौता समेत गरेको थियो । नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरले खरिद गर्न दुगड समूहलाई ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको अदालतमा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

गत असारमा बैंकले जारी गरेको सूचनामा सस्थापकलाई उक्त शेयर खरिद गर्न आवहान गरेको थियो । उक्त सूचना अनुसार सस्थापक एनबी ग्रपले आवेदन समेत दिएको थियो । तर, उक्त शेयर खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले राखेको ‘फिट एण्ड प्रपर’मा एनबी ग्रुप अयोग्य भनेपछि उक्त शेयरमा चौधरी समूहले आँखा लगाइरहेको थियो ।

बैंकको सञ्चालक समितिले सस्थापकबाट उक्त शेयर खरिद गर्ने प्रक्रिया पुरा नभएपछि पुन: अर्को सूचना जारी गर्न पर्ने थियो । तर, त्यो सूचना नै प्रकाशन नगरि चौधरी समूहलाई आइएफआइसी तर्फको ४१ प्रतिशत सस्थापक शेयर विक्रीका लागि प्रक्रिया अघि बढाएपछि विवाद भएको थियो ।

दुगड समूहका अध्यक्ष मोतिलाला दुगडले भने, ‘२ अप्रिलमा नेपालका ८ वटा व्यापारी समूहहरुसँग गरिएको सम्झौता ९ महिनापछि आएर विना जानकारी एकतर्फि उलंघन भयो । यो कानुनी शासन भएको देश हो । कानुनको सबैले पालना गर्न पर्छ राज्य सत्तासँग जनिक छु भन्दैमा जे पायो त्यो गर्न कसै पनि पाउँदैन ।’
चौधरीले पनि आईसीएफसी बैंकको नाममा रहेको एनबी बैंकको शेयर खरिद गरी नविल बैंकसँग मर्ज गराउने तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij