काठमाडौं– ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र ( प्युठान), महादेवपुरी स्वास्थ्य चौकी ( बाँके) , बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय( जाजरकोट) गरि थप ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेश मै निर्मित बेबीवार्मर प्रदान गरेको छ।बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो।
अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्यचौकी बाँके,बर्दिया जिल्ला अस्पतालर जाजरकोट स्वास्थ्य सेवा कार्यालयका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै सोहि कार्यक्रमका बीचअस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।
प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्। बैंकले यस अघि पनि विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा बेबीवार्मर प्रदान गरिसेको छ ।
ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij