२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको प्रतिनिधित्व उर्मिला उप्रेती सिलवालले गर्ने

मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको प्रतिनिधित्व उर्मिला उप्रेती सिलवालले गर्ने

965
Shares

काठमाडौ – विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले म्यानमारको माण्डलेमा हुने मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको सहभागीता गराउनका लागि उर्मिला उप्रेती सिलवाललाई मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ चयन गरेको छ।
रिवन इन्टरटेनमेन्टले शनिवार राती राजधानीको अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रमका बीच उर्मिलालाई मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ ताज पहिराएको हो। समारोहमा प्रमूखअ अतिथी नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए। कोरियोग्राफर तथा इभेन्ट सञ्चालक अश्विनीकान्त झाद्वारा सञ्चालित समारोहमा प्रमूख अतिथी कटुवाल, मिसेस नेपाल वल्र्ड दीक्षा केसी, मिसेस नेपाल इन्टरनेशनल २०१८ तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशनल २०१९ भाविशा कोइराला, गायक सिताराम पोखरेल, शिक्षाविद पूर्ण लामा, सुदन डोटेललगायतले उर्मिलालाई सफलताको शुभकामना दिएका थिए। त्यसै गरी मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ उर्मिला उप्रेती सिलवालले मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मार्फत नेपाललाई विश्वसामू चिनाउने प्रयास गर्ने बताइन्।
रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ उर्मीला उप्रेती सिलवाललाई रिवन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिलमा म्यानमारको माण्डेलामा हुने मिसेस ग्रान्ड इन्टरनेशनल २०२२ मा नेपालको प्रतिनिधित्व गराइनेछ। भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्डमा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij