२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकले प्रहरीलाई दियो रोड ब्यारिगेट

माछापुच्छ्रे बैंकले प्रहरीलाई दियो रोड ब्यारिगेट

725
Shares

काठमडौं – माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारिगेट हस्तान्तरण गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारिगेट हस्तान्तरण गरेका हुन्। कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायक उपरिक्षक दुर्गा प्रसाद खनालको उपस्थिति थियो।

बैंकका अनुसार बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरूलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाकोलागि सडक ब्यारिगेट हस्तान्तरण गरिएको हो।

माछापुच्छ्रे बैंक लिमिटेडले देशभर विभिन्न स्थानमा रहेको १६३ वटा शाखाहरू, १५७ शाखारहित बैंकिङ सेवा इकाई र ६ एक्सटेन्सन काउन्टर गरी जम्मा ३२६ स्थानबाट १० लाखभन्दा बढि ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैंकले देशभर २०० वटा एटिएमहरू सञ्चालन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij