२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा हरियाली, आठ कम्पनीको सकारात्मक सर्किट

सेयर बजारमा हरियाली, आठ कम्पनीको सकारात्मक सर्किट

1.4K
Shares

काठमाडौं– मंगलबार सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको छ। आज १७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको सेयर मूल्य घटेको छ।

दिनभरिमा २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रूपैयाँको कारोबार भएको छ। आज नारायणी विकास बैंक, नेपाल फाइन्यान्स, पोखरा फाइन्यान्स, कर्पोरेट विकास र मध्य-भोटेकोशी जलविद्युत कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबार सबैभन्दा धेरै अपि पावर कम्पनीको १६ करोड ८३ लाख २२ हजार ६९५ रुपैयाँको सेयर कारोबार भएको छ। त्यसपछि क्रमशः गुर्खा फाइन्यान्सको १६ करोड २६ लाख ७२ हजार ६२४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख ३ हजार ७७९ रुपैयाँ, एनटिसीको १३ करोड ८२ लाख ५२ हजार ५६५ रुपैयाँ र नेपाल रिइन्युरेन्स कम्पनीको ११ करोड ५९ लाख २३ हजार ८१ रुपैयाँले कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij