२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्टद्धारा तीन हजार ४५ निर्माणकर्मीको दुर्घटना बीमा

शिवम् सिमेन्टद्धारा तीन हजार ४५ निर्माणकर्मीको दुर्घटना बीमा

805
Shares

काठमाडौं– शिवम् सिमेन्टले देशभरका तीन हजार ४५ निर्माणकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । कम्पनीले देशभरका ५२ स्थानका तीन हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरक्रिया सम्पन्न गरेको हो ।​ अन्तर्क्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी दिइएको थियो । यस्तै, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवमले अन्तर्क्रियामा सहभागी निर्माणकर्मीहरूको लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा समेत गरेको छ । यसका साथै, उपस्थित ३ हजार ४५ निर्माणकर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, व्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसी समेत हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij