काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ । आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।
यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो । त्यसलगत्तै बढ्न थालेको नेप्से १२ बजेसम्म २७ ९९ अंकमा पुगेको थियो । तर, त्यसयता निरन्तर घट्दै २७ ५७ अंकमा आइपुगेर फेरी सुधारिँदै १९ अंक बढेर बन्द भएको हो । पछिल्लो दुई दिनको कारोबारले सेयर बजार फेरी लयमा फर्केको देखिएको छ ।
आज बैंकिङ, होटल एण्ड टुरिजम र उत्पादनमूलक समूहमा भने गिरावट आएको छ । यीबाहेक अन्य सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २१८ र निर्जीवन बीमा समूहमा १९० अंकको सुधार आएको छ । यस्तै, अन्य समूहमा ११३ अंकको सुधार आएको छ ।
बजार १९ अंकले बढ्दा मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावर लिमिटेडको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ९-९ प्रतिशत बढेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij