२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा रौनकता, ७ अर्ब १० करोडको कारोबार

शेयर बजारमा रौनकता, ७ अर्ब १० करोडको कारोबार

1.1K
Shares

काठमाडौं –  साताको कारोबारका पहिलो दिन  आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७३.१ अंकले बढेर दुई हजार ७ सय ६५ दशमलब ४७ विन्दुमा पुगेको हो । त्यस्तै, आज ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ ।

आइतबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये अधिकांश हाइड्रो समूह अन्तर्गतका कम्पनीहरु रहेका छन् । जसमा नेपाल हाइड्रो डेभलपर्स र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । यूनियन हाइड्रोपावरको ९.९८, मध्य भोटेकाशी जलविद्युत कम्पनीको ९.९७, न्यादी हाइड्रोपावरको ९.४१, प्रोगेसिभ फाइनान्सको ९.३३, आईसीएफसी फाइनान्सको ९.२८, एचआईडीसीएलको ९.२७ र कर्पोरेट डेभलपमेन्टको ९.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आइतबार सबै समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ३७९.७७ अंकले बढेको छ । सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड रहेको छ । उक्त समूह ०.२१ अंकले मात्रै बढेको हो ।

बजारमा १३ वटा स्क्रिप्स्को मात्रै मूल्य घटेको छ ।  आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij