काठमाडौं – महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्सबीच सम्झौता भएको छ । बैंकको प्रधानकार्यालय दरबार मार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्स. कातर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटाशाखाहरु मार्फत सेवा प्राप्त गर्न भएका छन् ।
बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij