२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल

सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल

1K
Shares

काठमाडौ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेललाई निरन्तरता दिने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिएको छ ।

पौडेलले थप चार वर्षे कार्यकालका लागि निरन्तरता पाएका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘सिटिजन लाइफमा पोषकराज पौडेललको कार्यकाल दोहोरिएको छ । उहाँलाई हामीले स्वीकृति दिएका छौं ।’

समितिले दुई वटा कागजपत नपुगेको भन्दै म्याद थपको निर्णय स्वीकृत गर्न ढिलाई गरेको थियो । अपुग पत्र आएपछि स्वीकृति दिइएको जनाइएको छ । पौडेलसँग बहुर्राष्ट्रिय कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स (मेटलाइफ)मा समेत काम गरेको अुनभव छ । उनी जीवन बीमक संघका उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij