२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक सँगै काराेबार रकम पनि बढ्याे

नेप्से परिसूचक सँगै काराेबार रकम पनि बढ्याे

930
Shares

काठमाडौं – आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि साढे चार अर्ब माथि पुगेको छ ।
सोमबार धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ । भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।
धेरै घट्ने कम्पनीहरूमा नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर कम्पनी, युनाइटेड इन्स्यारेन्स, रुरु जलविद्युत् कम्पनीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij