२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंकको १ लाख ८ हजार ६३९ कित्ता संस्थापक शेयर बिक्रीमा

मेगा बैंकको १ लाख ८ हजार ६३९ कित्ता संस्थापक शेयर बिक्रीमा

815
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १ लाख ८ हजार ६३९ कित्ता संस्थापक शेयर पुस १९ गते सोमवारदेखि विक्रीमा ल्याएको छ । बैंकले याला एडभेन्चर प्रा.लीको नाममा रहेको १२ हजार ८२० कित्ता र मन्दिरा शाहको नाममा रहेको ९५ हजार ८१९ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय राईजिङ्ग मल, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij