२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यस्तो छ विवाहित र्‍याम्प मोडलको २०२१ को वार्षिक कमाई

यस्तो छ विवाहित र्‍याम्प मोडलको २०२१ को वार्षिक कमाई

1.3K
Shares

पछिल्लो समय विवाहितमहिलाहरु पनि र्‍याम्प फेशन सोमाचम्किएका छन् । ब्युटी पेजेन्टबाट आएका महिलाहरु र्याम्प फेशन क्याटवाकमा परिपक्कहुने गरेकाले पनिउनीहरुको डिमान्ड र्याम्प फेशनवाकमा बढेको हो । उनीहरुको डिमान्ड बढेसँगै आम्दानीपनि राम्रो हुनथालेको छ । यसै क्रममा सन २०२१ मा विवाहित र्याम्प  मोडलहरु मध्यकमाईको हिसाबले उत्कृष्ट ५ मोडलको कमाई यहाँ प्रस्तुतगरिएको छ ।
विवाहितमहिलाकै लागिलक्षित फेशनहरुमा विवाहित महिला मोडलकै बढी डिमान्ड हुने गरेको हो । यस्तै केही समय यताबाट फेशन क्याटवाकमा उच्च डिमान्ड रहेकीमोडल छिरिङ डोल्मा शेर्पा हुन् ।


उनीमिसेस नेपाल टुरिजम २०१९ को बिजेताहुन् । उनीमोडलिङमा सक्रिय रहँदै आएको एक दशक पुगिसकेको छ । तर उनी मिसेस नेपाल टुरिजम २०१९ को विजेता भएपछि छिरिङको ¥याम्पमोडलिङमा मागनिकै बढेको छ । सोहीकारण विवाहित महिला ¥याम्पमोडलमा नेपालकी सर्वाधिक व्यस्त र महँगो मोडलको रुपमा उनी चिनिएकी छिन् । हालसम्म दर्जन भन्दा बढी नेपाली र्याम्पमा फेशनशो र केही अन्तराष्ट्रिय प्रतियोगिताको ¥याम्पशोमा पनिमोडलिङ गरिसकेकी छिरिङले ¥याम्प मोडलिङ, म्युजिक भिडियो, विभिन्न ब्रान्डका एम्बसडर, स्टेज प्रस्तुती तथा अन्यआर्थिक आर्जन हुने क्रियाकलाप बाटै वर्षमा करिब १२ लाख रुपैयाँ कमाउने गरेकी छिन् ।


यस्तै ¥याम्प फेशन सोमा छिरिङपछि डिमान्डको हिसाबले दोश्रो स्थानमा रहेकीविवाहितमोडल चन्दाथापागिरी हुन् । मिसेस नेपाल इन्टरनेशनल २०१९ कीबिजेता रहिसकेकीचन्दात्यो भन्दा अघिबाटै फेशनमोडल रहँदै आएकीथिईन् । मोडल चन्दाले पनिहालसम्मदर्जन भन्दा बढी ¥याम्प फेशनशोमा क्याटवाक गरिसकेकी छिन् । पछिल्लो समय ¥याम्पमोडलिङ, स्टेज कोरियोग्राफीमा समेत आफुलाई व्यस्त राख्नथालेकीचन्दाले मोडलिङबाटै वार्षिक १० लाखसम्मकमाउने गरेकी छिन् ।


यस्तै ¥याम्प फेशन सोमा तेश्रो स्थानमा रहेकीविवाहित र्याम्प फेशनमोडल स्नेहा राउत थापा हुन् । उनीमिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेन्ड रनरअपहुन् । यो उपाधिजितेपछि स्नेहाको डिमान्ड पनि ¥याम्पमोडलिङमा बढेको हो । त्यस अघि मिसेस भैरहवाको समेत उपाधि जितेकीउनले भैरहवामै बसेर पनि फेशन सोमा र्याम्प मोडलिङ गर्दै आएकीथिईन् । फेशनशोबाट वार्षिक ९ लाख रुपैया कमाउने स्नेहाले विदेशमापनि ¥याम्प क्याटवाक गरिसकेकी छिन् ।


विवाहित महिलामोडलहरु मध्य ¥याम्प फेशनशोमा छाउँदै आएकीअर्की मोडल रजनी थापाहुन् । उनी कमाईको हिसाबले चौथो स्थानमा रहेकी छिन् । मिसेस हेरिटेज इन्टरनेशलन २०१५ कीबिजेताउनी सो उपाधिबिजेताबनेपछि ¥याम्पमोडलिङमा छाउन थालेकीहुन् । रजनीले पनि नेपालसँगै अन्तराष्ट्रिय स्टेजमा ¥याम्पमोडलिङ गरिसकेकी छिन् । उनले फेशनशो, ब्रान्ड एम्बसडर तथा क्याटवाक गरेर वर्षमा७लाख ६० हजार रुपैयाँसम्मकमाउने गरेकी छिन् ।


¥याम्प फेशनशोमापाँचौं स्थानमा रहेकीविवाहितमोडल गोमाअधिकारी धितालहुन् । फेशन स्टाईलिस्ट समेत रहेकीगोमामिसेस टुरिजमएम्बेस्डर २०१९ बिजेतापनिहुन् । अन्तराष्ट्रिय ब्युटी पेजेन्ट तथा फेशनशोमाआफ्नो प्रस्तुतिपस्किसकेकीगोमाले पनि एक दर्जन भन्दा बढी फेशनशोमामोडल भएर क्याटवाक गरिसकेकी छिन् । फेशन ¥याम्पमोडलिङबाट आफ्नो वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पनिउनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij