काठमाडौं – मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यर्थाथता प्रदान गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन बीमामा समिति चोकमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । आज एक समारोहबीच वडा अध्यक्ष शुद्घ डंगोलबाट, सो मर्मत केन्द्रको उद्घाटन गरिएको हो ।
कम्पनीले सो मर्मत केन्द्र २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध दिपक मोटरसाइकल वर्कशपका प्रोप्राइटर दिपक चौधरीलाई आधिकारीक्ता प्रदान गरेको हो । दिपक चौधरीका अनुसार आफू यस क्षेत्रमा लागेको १५ वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको काठमाण्डौंमा बढी सम्भावना देखिएको विल्कुलै फरक सेग्मेन्टको मोटरहेड ब्राण्डका वाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफू आवद्ध भएको बताए ।
हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए । कम्पनीले आज पौष १५ गते आधिकारीक मर्मत केन्द«को उद्घाटन गरी आज र भोलि २ दिने भ्हअजबलनभ क्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार रुपैयाँ छुट, फाइनान्समा सात हजार रुपैयाा छुट र एक्चेञ्ज गर्दा बजार मूल्याकंनमा थप १५ हजार रुपैयाँ पाउने सुविधा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij