२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

2.2K
Shares

काठमाडौं – काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ । संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij