२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से सूचकमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से सूचकमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

1.6K
Shares

काठमाडौं– आज नेप्से सूचक सामान्य अंक घटेको छ भने कारोबार रकम पनि घटेको छ। नेप्से सूचक २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको छ। अघिल्लाे दिन सोमबार नेप्से सूचक ६९ अंकले घटेको थियो। सोमबार साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ३ अर्ब रुपैयाँमा झरेको छ। यस दिन ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँ बराबरको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार मध्य भोटेकोशी शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ५.३६ प्रतिशत, जानकी फाइनान्सको ४.८५ प्रतिशत, गुडविल फाइनान्सको ४.२८ प्रतिशत ४.२८ प्रतिशतले बढेको छ।

यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ६.०४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.८८ प्रतिशत र युनाइटेड इदि मर्दी हाइड्रोपावरको ४.८८ प्रतिशतले घटेको छ।

हिमालयन डिस्टीलरीको सबैभन्दा धेरै २६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नबिल बैंकको २५ करोड ३७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ८४ लाख र मञ्जुश्री फइनान्सको १२ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij