२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

१५ करोड लागतमा प्रहरी कार्यालय निर्माण

१५ करोड लागतमा प्रहरी कार्यालय निर्माण

2K
Shares

सप्तरी – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृह भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने इन्जिनियर तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र वितरण समेत गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै समाजसेवामा आवद्ध नेपाल प्रहरी संगठनमा आएर नागरिकको हरेक समस्या समाधानको लागि हर हमेसा साथ र सहयोग गर्नुपर्ने बताए । साथै उनले भवन निर्माण कार्यमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्बन्धित सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।Modernization and Improvement of Policing Project (MIPP) परियोजना अन्तर्गत UNOPS को सहयोगमा करिब १५ करोड रुपैयाँको लागतमा उक्त भवनहरू नवनिर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij