काठमाडौं – नेपाल बङ्गलादेश बैंकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितीको बैठकले पाण्डेलाई माघ १ गते देखि लागू हुने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत पाण्डेले यसअघि राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीईओ भएर काम गरिसकेका छन् ।
चाटर्ड एकाउण्टेड पाण्डेसँग दुई दशक भन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij