२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन, कुन समूहको कहाँ ?

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन, कुन समूहको कहाँ ?

1.6K
Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रचण्डले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफलका लागि २५ समूह निर्माण गरिएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् ।

यसैगरी प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क गुरुङले गरेका छन् । यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल छानिएका छन् भने गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङले गरेकी छन् । यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् । पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् भने विभागको माया प्रसाद शर्मा टोली नेता बनेका छन् । यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालगायत टोली नेता तोकिएका छन् ।
२५ समूहमा छलफलका लागि टोली नेतासहित विभिन्न स्थान तोकिएको हो ।

जुन यसप्रकार रहेको छ

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन )

२)सल्लाहकार परिषद (प्रज्ञा भवन)

३)सल्लाहकार परिषद ( प्रज्ञा भवन)

४)प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा)

५)प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)

६)प्रदेश २ क.( पारिजात हल प्रज्ञा )

७)प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)

८)लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)

९)लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)

१०)गण्डकी क.(पेरिसडांडा )

११)गण्डकी ख.(पेरिसडांडा)

१२)प्रवास( पेरिसडांडा )

१३)कर्णाली क.(ए वान पार्टी प्यालेस )

१४)कर्णाली ख.(ए वान पार्टी प्यालेस )

१५)सुदुरपश्चिम क(ए वान पार्टी प्यालेस)

१६)सुदुरपश्चिम ख( ए वान पार्टी प्यालेस)

१७)विभाग क.(क्वालिटी ब्याङ्क्विट)

१८)विभाग क.(क्वालिटी ब्याङ्क्विट)

१९)उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)

२०)सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)

२१)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस

२२)वागमती क.(वानेश्वर ब्याङ्क्विट)

२३)वागमती ख.(वानेश्वर ब्याङ्क्विट)

२४) आयोग (काठमाडौं ब्याङ्क्विट)

२५)जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij