काठमाडौं– सोमबार सुनको मूल्य वृद्धि भएको छ । पुुष १२ गते, सुन तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन भने सुको मूल्य स्थिर रहेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सुनको भाउ बढेपनि चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुुँदैछ । आइतबार भने चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो । गत बिहीबार र शुक्रबार पनि चाँदीको भाउ यहि कायम रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij