काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई लघुवित्त तथा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आठ प्रतिशत, विजय लघुवित्तको २० दशमलव ०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।
साधारणसभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
एनसीसी बैंकको समायोजनपछिको भाउ २६३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले आठ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।
विजय लघुवित्तको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले एक हजार २७२ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० दशमलव ०३ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।
महुली लघुवित्तको समायोजनपछिको भाउ एक हजार ५०२ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij