काठमाडौं- राजधानीको त्रिपुरेश्वर स्थित स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहको प्रमुख आतिथ्यमा र कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. रबीन्द्र बास्कोटाको अध्यक्षतामा पुनर्स्थापना जनशक्ति सम्बन्धी एक दिने कार्यशाला शुक्रबार गोष्ठि सम्पन्न भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी विभिन्न नीति तथा रणनीतिहरू मा पुनःस्थापना कर्मी सम्बन्धी गरिएका प्रतिवद्धताहरु र त्यसलाई कसरी कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखा ले कार्यान्वयनमा ल्याउँदै गरेको परिपेक्ष सहभागी सामु प्रस्तुतीकरण गर्नुभयो।
भर्खरै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट जारी स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७७-२०७८ अनुसार पुनर्स्थापना सम्बन्धी स्वास्थ्यकर्मी बारे तथ्यांक संकलन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । उक्त एक दिने अभिमुखीकरण कार्यक्रममा उपस्थित सरोकारवालाहरुलाई पुनर्स्थापना सम्बन्धी स्वास्थ्यकर्मीको लेखाजोखा गरी नेपालमा यो सम्बन्धि सेवा कति चाहिएको छ र त्यसलाई परिपूर्ति गर्न कति पुनःस्थापनाकर्मी चाहिन्छ भन्ने भोलि यो कार्यक्रमको आयोजना गरिएको जानकारी डा. बास्कोटाले दिनुभयो।
पुनर्स्थापना कर्मी भन्नाले – physiotherapist, prosthetist , orthotist , Occupational therapist, Speech hearing and audiologist, Psychologist, Rehabilitation medicine , rehabilitation nurse , Rehabilitation science जस्ता बिषयहरुलाई जनाउँछ। कार्यक्रममा पुनःस्थापना सम्बन्धि व्यवसायिक संघसंस्थाहर , विज्ञहरु, स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुको सहभागी थियो। आगामी पाँच महिनाभित्र पुनर्स्थापना सम्बन्धी स्वास्थ्यकर्मीहरूको एकीन तथ्यांक राख्ने र नेपालमा यस्ता जनशक्तिहरु कति चाहिने हो भन्ने प्रक्षेपण गर्ने योजना रहेको छ। र यसबाट आएको सुझावहरु का आधारमा कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखा बाट तयार गरिने स्वास्थ्य क्षेत्रको रणनीति २०२२ -२०२७ मा समावेश गरुनी गरिनुपर्ने राष्ट्रिय पुनःस्थापना प्रदायक सङ्घका अध्यक्ष यम नाथ मैनालीले दिनुभयो।
त्यसैगरी महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखा स्वास्थ्य सेवा विभागको उत्कृष्ट शाखा रहेको र यहाँबाट अगाडि बढाइएको यो पुनःस्थापना जनशक्ति सम्बन्धी काममा पनि सबै सरोकारवालाहरूको सहयोग र समन्वय रहनेछ भन्ने जानकारी दिनुभयो।
यस कार्यशाला गोष्ठी कार्यशाला गोष्ठी कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखा को अगुवाई र विश्व स्वास्थ्य संगठन विश्व स्वास्थ्य संगठन र हेन्ड क्याप इन्टरनेशनलको सहयोगमा भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij