२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वमाओवादीहरु एक हुनका लागि सीपी गजुरेलले राखे तीन शर्त

पूर्वमाओवादीहरु एक हुनका लागि सीपी गजुरेलले राखे तीन शर्त

1.7K
Shares

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एक हुनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको तर त्यसका लागि नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनले केही शर्त पूरा गर्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भन्ने गरेझैँ सबै सच्चा कम्युनिस्ट एक हुनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताए ।

पूर्व माओवादी एकजुट हुने हो भने जनयुद्ध सुरु गर्नुभन्दा अघिको केन्द्रीय समिति बैठकमा जाहेर गरेको प्रतिवद्धतालाई पुनःस्थापित गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘यदि साँच्चै नै पूर्व माओवादी एकजुट हुने हो भने त्यसका लागि केही आधार तयार गरौं ।’

दोस्रो सर्तका रुपमा उनले भने, ‘जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अझै पनि अधुरो छ । नेपाललाई जनगणतन्त्र बनाउन अघि बढौं, तपाईहरु यो महाधिवेशनबाट त्यो पारित गर्नुस् ।’ तेस्रो सर्तका रुपमा उनले राष्ट्रिय स्वाधिनताका विषयमा केही महत्वपूर्ण निर्णय गर्न सुझाव दिए । उनले खुलेरै भने, ‘एमसीसी खारेज गर्न जोड लगाउनुस् ।’

नेपालले गुमाएका भूभाग नक्सामा हासिल गरे पनि वास्तविक रुपमा हासिल गर्न नसकेको भन्दै उनले नेपालले गुमाएका सबै भूभाग फिर्ता गर्न प्रतिवद्धता जाहेर गर्न पनि उनले सुझाव दिए । त्यसपछि मात्र एकताका लागि बहस गर्ने ढोका खुल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij