२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू

1.7K
Shares

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शिर्ष नेताहरु सहभागी भएका छन्।

महाधिवेशनमा देशभरबाट करिब १ हजार ६०० प्रतिनिधि सहभागी भएका छन्। ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij