२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरामा माघ १ गते ‘नेपाल फेशननिस्टा २०२२’ हुने

पोखरामा माघ १ गते ‘नेपाल फेशननिस्टा २०२२’ हुने

1.2K
Shares

काठमाडौँ-  नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले  ‘नेपाल फेशननिस्टा २०२२’ गर्ने  भएको छ । यही माघ १ अर्थात् जनवरी १५ तारिखका दिन पोखरामा हुन लागेको फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाउने छन् । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत हुने हुने फेशननिस्टामा  नायिका निता ढुंगाना ,मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ,सन्तोष अधिकारी , दिपक घिमिरे ,दिक्पाल कार्की आकर्षक डिजाइन याम्पमा प्रस्तुत हुने छन।
विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी  हरेक वर्ष फेशन‘द हेरिटेज’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै छाप छोडेको छ । यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्ट माघ १ मा पोखरामा गरिने कार्यक्रम निकै भब्य र सब्य रुपमा सम्पन्न गर्न  लागिपरिरहेको छ । सुपी रसाइली, तेजमाया पुन ,सम्झना गुरुङ को  ड्रेस डिजाइन रहने  ‘नेपाल फेशननिस्टा २०२२’ अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहने छन् भने कार्यक्रम  भिजे प्रियारानी लामाले  संचालन गर्ने छिन

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij